शेयर बजारमा सामान्य सुधार, नेप्से २ हजार २७ विन्दुमा पुग्यो

काठमाडौं-शेयर बजारमा आज आइतवार सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा बढेको हो ।

आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ दशमलव १९ अङ्कमा पुगेको छ । आज लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ । सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अङ्कले बढेको छ । आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अङ्कले घटेको छ ।