फागुन २१ गतेदेखि इङवा हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

काठमाडौं- इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर जारी गर्न लागेको हो।