अमेरिकी डलरको भाउ, कुन मुद्रा आज कतिमा हुँदैछ

काठमाडौं –  राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा पाइन्छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको छ।