ग्लोबल आइएमई बैंकको डिबेन्चर बाँडफाँट

काठमाडौं –  ग्लोबल आइएमई बैंकले खुलाएको डिबेन्चर बाँडफाँट गरिएको छ । ५ वर्ष अवधि तथा वार्षिक ११:२५५ व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” बाँडफाट गरिएको हो ।
प्रति शेयर १००० रुपैयाँ अङ्कित दरको ५० लाख कित्ता डिबेन्चरहरु मध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख ९सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित  कित्ता डिबेन्चर सर्वसाधारणहरुको लागि गत माघ २९ देखि फागुन गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । जसअनुसार आएको आवेदनहरु फागुन १२ गते बाँडफाँड गरिएको हो ।

जसअनुसार ब्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि ५२,१५,००० कित्ता आवेदन प्राप्त भएकोमा समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको बैंकले जनाएको छ ।