बैंकमा कोरोनाको जोखिम बढ्यो, अर्का एक बैंकरमा पनि कोरोना पोजेटिभ

काठमाडौँ – बैंकिङ क्षेत्रमा कोरोना संक्रमण बढेको छ । गरिमा विकास बैंकका अर्का एक कर्मचारीमा संक्रमण पुष्टी भएपछि कोरोनाको जोखिम बढेको हो ।

बैंकको रुपन्देहीको देवदह खैरेनीस्थित एक शाखाका शाखा प्रमुखमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपी उनमा कोरोनाको केहि लक्षण भने देखिएको छैन । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि पनि सोही शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टी भएको थियो । पछिल्लो समय विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।