सुनको मूल्य घट्यो

पछिल्लो केही दिनदेखि उच्च दरले बढेर दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य आइतबार भने घटेको छ।
साउन २५ गते आइतबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला एक लाख २ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख २ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य भने बढेको छ। यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।