प्रभु बैंकको सेयर बिक्रीमा

काठमाडौं –  प्रभु बैंकको सेयर बिक्रीमा राखेको छ । शुक्रवार देखि पौने ४७ लाख कित्ता सेयर बिक्रीमा बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।
यो सेयरमा विद्यमान संस्थापक सेयरका साथै अन्य इच्छुक सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्ने छ। अधिकतममा भने कुनै हद लाग्ने छैन।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नु पर्ने छ।

सेयर खरिदका लागि बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा पेस गर्नु पर्ने छ। बोलपत्र यही फागुन २६ गतेसम्म पेस गरिसक्नु पर्ने छ।