एशियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाड हुँदै

काठमाडौं – एशियन हाईड्रोपावार लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ पर्सि आइतबार बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइतबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिन्थ्यो।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली श्रमिकलाई र आयोजना प्रभावितलाई स्थानीयलाई आइपिओ निष्काशन गरिसकेको छ । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई ४२ हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले कम्पनीमा कार्यरत स्थानीयलाई १६ हजार ८ सय कित्ता शेयर छुट्याएर बाँकि रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।