लघुवित्त कम्पनीले लगानीकर्ता तान्न लोभलाग्दो प्रक्षेपण

काठमाडौं – सेयर बजारमा कुनै पनि कम्पनीले कमाउने नाफा(नोक्सान, प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थले मूल्यमा निकै महत्त्वपूर्ण अर्थ राख्छ। तसर्थ कम्पनीले लगानीकर्तालाई जुन कुराले प्रभावित बनाउँछ, त्यही कुरामा जोड दिएर प्रक्षेपण बनाएको देखिन्छ।
सेयर बजारको प्राथमिक बजारमा हेर्ने हो भने पनि लघुवित्त कम्पनीहरुको आइपीओमा २७ लाखसम्म लगानीकर्ताले आवेदन दिएका छन्। यो आकर्षण प्राथमिक बजारमा मात्र होइन दोस्रो बजारमा पनि उतिकै छ।
दोस्रो बजारमा सूचीकृत भएलगत्तै लघुवित्त कम्पनीहरुको सेयर मूल्यको वास्तविक मूल्य भन्दा निकै माथि जान्छ। जानकारहरुका अनुसार यस अवस्थामा शिक्षित लगानीकर्ताले लघुवित्तहरुले जारी गरेको प्रक्षेपणलाइ अध्ययन गरेर लगानी गर्छन्।