आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

 

काठमाडौं – पछिल्लो समय निरन्तर घटिरहेको सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । महिनाको सुरुवातमा तोलामा १ लाख ४ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । यसैक्रममा आज पनि सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ लाख २ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।