बिशाल बजारको सञ्चालकमा राधा पोखरेल नियुक्त

काठमाडौं – नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बिशाल बजार कम्पनी लिमिटेडको सञ्चालक पदमा नियुक्त भएकी छिन् । नेपाल सरकार मन्त्रीस्तरको बैठकले पोखरेललाई सञ्चालक सदश्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।  फागुन ४ गते बसेको अर्थमन्त्री स्तरको बैठकले पोखरेललाई सञ्चालक सदश्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । पोखरेल सञ्चालक पदमा मनोनित भए पनि उनका लागि यो पद फलामको चिउरा जस्तै हुने देखिन्छ ।

सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नहुँदा कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी बृद्धि हुन सकेको छ । सर्वोच्च अदातले २०६७ मा फसला गदैं  नेपाल सरकार अर्थ मन्त्रालयको नाउँमा तीन अर्ब ९६ करोड रुपैयाँ कायम गर्न आदेश दिइसकेको छ । पोखरेल सरकारको प्रतिनिधिको रुपमा सञ्चालक हुँदै गर्दा उनको पहिलो जिम्मेवारी यहि सर्वोच्चको फसर्ला कार्यान्वयन गर्नु हुनेछ । जवकी हाल कम्पनीको हालको चुक्ता पूँजी जम्मा ४ करोड ९१ लाख रुपैयाँ मात्रै छ ।