नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा

 

काठमाडौं – नबिल बैंक लिमिटेडले आजदेखि ३ लाख कित्ता संस्थापक शेयर विक्री गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि फागुन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

उक्त शेयरमा १० लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा १० लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।