१०४ मेगावाटको कोखाजोर जलविद्युत आयोजनाको इआइए तयार हुँदै

काठमाडौं – १०४ मेगावाटको कोखाजोर अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ( इआइए) प्रतिवेदन अन्तिम चरणमा पुगेको छ।
विद्युत विकास विभागले एक सूचना प्रकाशित गर्दै सरोकारवाला निकायसंग आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकुल असर पर्ने भए लिखित रायरसुझाव पेस गर्न आग्रह गरेको छ।
प्रस्तावित आयोजना सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका(१,३ र ५, मरिण गाँउपालिका(१ र २, काभ्रेको महाभारत गाउँपालिका(१,६ र ८, खानीखोला गाउँपालिका(४ र ५ र मकवानपुरको बागमती गाउँपालिका(१ र ५ मा निर्माण हुनेछ।