नाडेप लघुवित्तको साधारणसभा आह्वान, राष्ट्र बैंकले रोकेपछि छैन लाभांश

काठमाडौं- नाडेप लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ८ गते धादिङ स्थित नौबिसे एग्रो रिसोर्टमा आर्थिक वर्ष ७८/७९ को साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रास्ताव पेश हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।