सामुदायिक लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । ९ फागुन मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँको कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ११. ०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।