लघुवित्तका विषयमा राष्ट्र बैंकमा ४ घण्टा  हाइलेभल बैठक, छलफलमा के ,के भयो ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज लघुवित्त वित्तीय संस्थाको विषयमा विशिष्ट (हाइलेभलको) छलफल गरेको छ। लघुवित्त विरुद्ध नियोजित रुपमा लागेको आशङ्कामा गर्भनर महाप्रसाद अधिकारीले सरोकारवालाहरुलाई बोलाएर करिब ४ घण्टा छलफल गरेका हुन्।

आज बुधबार बिहान ८ बजेदेखि लघुवित्त र वित्तीय प्रणालीको विषयमा छलफल सुरु भइ दिउँसो १२ बजे सकिएको थियो । छलफलमा राष्ट्र बैंकका सबै विभागका प्रमुख कार्यकारी निर्देशक, पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, राष्ट्र बैंककै पूर्व(कार्यकारी निर्देशकहरु र वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्सको छाता सङ्गठनको नेतृत्वलाई बोलाएर छलफल गरिएको हो।