नाफा कमाउन लघुवित्तले जे पनि गरिरहेका छन्, नियमन गरौं : गगन थापा

काठमाडौं-सांसद् गगन थापाले लघुवित्तहरूले नागरिकलाई निकै दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको संसद् बैठकमा थापाले लघुवित्तको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक गम्भिर बन्नुपर्ने बताए। थापाले भने, ‘अति न्यून आय भएका गरिबको आहालबाट निकाल्न काम होला भनेको कयौं लघुवित्त संस्थाको कारण गरिबहरू नै थला पर्न बाध्य छन्।’
अनुमति दिनेबेला हात फैलाउने तर सुपरिवेक्षण गर्दा मुठि कस्ने राष्ट्र बैंककै कारणले लघुवित्तको संकट देखिएको बताए। अनुचित नाफा कमाउन लघुवित्त संस्थाले जे पनि गरिरहेको बताए ।