नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार २ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनस शेयर सुचिकृत भएको हो।
आज हिमालयन बैंकको ८ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७४ हजार ९ सय ८० दशमलव ५८ कित्ता बोनस शेयर र राधि विद्युत कम्पनीको ४:७५ प्रतिशतले हुन आउने ७ लाख ५९ हजार ९ सय ९० दशमलव ८४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।