कृषि विकास बैंकको सिइओ पदका लागि ५ जनाको नाम सर्ट लिस्टमा, कोको परे ?

काठमाडौ- कृषि विकास बैंकले रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)  पदका लागि ५ जनाको नाम सर्ट लिस्टमा छानिएको छ । बैंकको सञ्चालक समिति बैठकले २२ जना आवेदकहरूमध्येबाट ५ जनाको नाम सर्ट लिस्टमा छनोट गरेको हो ।

सर्ट लिस्टमा पर्नेमा कृषि विकास बैंकको निमित्त सिइओ प्रताप सुवेदी र डीजीएम यज्ञ प्रकाश न्यौपाने, सिभिल बैंकका पूर्व सिइओ गोविन्द गुरूङ, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रीप्रसाद गुरागाईं र नेपाल एसबिआई बैंकको डिसिइओ विष्णुदेव यादव छन् ।

सर्ट लिस्टमा परेका उम्मेदवारहरूलाई अन्तरवार्ताका लागि शनिबार कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालिम प्रतिष्ठान बोंडे, भक्तपुरमा बोलाइएको बैंकको सूचनामार्फत जानकारी दिएको छ ।