बैंकको ब्याज वृद्धिको विरोधमा धनगढीमा प्रदर्शन

काठमाडौं- बैंकहरूले मन लाग्दीरुपमा ब्याज वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।
बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरु धनगढीमा विरोध प्रदर्शनसँगै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना समेत दिएका हुन् । शुक्रबार सुदूरपश्चिम मोबाइल व्यवसायी संघले विरोध कार्यक्रम आयोजना गरेको हो ।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले ८ प्रतिशतमा लिएको ऋणको ब्याज वर्षदिन नपुग्दै आफू खुसी १७ प्रतिशत पु¥याएको भन्दै आक्रोश पोखे ।
विगतमा ऋण लिँदा ६र७ प्रतिशत रहेको ब्याजदर एकाएक १७/१८ प्रतिशत पु¥याउँदा आफूहरू मारमा परेको व्यवसायीको गुनासो छ । बैंकले किस्ता तिर्न बारम्बार फोन गरी यातना दिन थालेपछि आफूहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिनु उनले परेको बताएका छन् ।