कृषि विकास बैंकका अध्यक्ष दुवाडीले दिए राजीनामा

काठमाडौं- कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीले राजीनामा दिएका छन्। बिजपाटीसँगको कुराकानीमा दुवाडीले आफुले हिजो बिहिबार नै अर्थ मन्त्रालयमा राजीनामा दिएको बताए ।

दुवाडी २०७८ कात्तिक १२ गते अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए । गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्ति गरेको थियो। उनले अध्यक्ष नियुकत भएको २ महिना मै राजीनामा दिएका हुन् ।