सुपरमाई हाइड्रोको आईपिओ बाँडफाँड ४ हजार जनाको आवेदन रद्द, ४१ हजारले पाए शेयर

काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि रहेका आवेदक हात खाली भएका छन् ।