सर्वसाधारणलाई मोलुङ हाइड्रोपावरको आइपिओ आजदेखि बिक्री खुला

काठमाडौं – सर्वसाधारणलाई मोलुङ हाइड्रोपावरको आइपिओ आजदेखि बिक्री खुला भएको छ मोलुङ हाइड्रोपावर कम्पनीले आज फागुन ४ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ८ हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।