आइएमई पे र क्युएफएक्सको टिकट काट्दा ५० रुपैयाँ क्यास ब्याक

काठमाडौं – आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्ने छन्। त्यस पश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र सो अफरको फाईदा उठाउन सक्ने छन्। साथै, आगामी दिनहरुका लागि लाईभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउने कम्पनीले जनाएको छ।