सनराइज बैंकमा तपाईँको खाता छ ? त्यसो भए स्टेटमेन्ट हेर्नुहोस्, तपाईँको पैसा गायव भएको हुन सक्छ (बैंकको सूचनासहित)

काठमाडौ – सनराइज बैंकले आफ्नो बैंकमा खाता भएका ग्राहकहरुलाई स्टेटमेन्ट रुजु गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न बहानामा ठगी बढेको र यसबाट सजक रहन आग्रह गर्दै आफ्नो स्टेटमेन्ट हेर्न आग्रह गरेको हो ।
बैंले आफ्ना ग्राहकहरुलाई आफ्नो गोप्य विवरण कसैलाई पनि नदिन आग्रहसमेत गरेको छ । बैंकमाथि साइबर आक्रमण हुनसक्ने भन्दै बैंकले सार्वजनिक सूचनामार्फत आफ्ना ग्राहकलाई सचेत गराएको हो ।
‘सम्पूर्ण ग्राहकलाई पासवर्ड र पिन नम्बर परिवर्तन गर्न, खाता कार्डमार्फत् भएको कारोबारको स्टेट्मेन्ट रुजु गराउन तथा शंका लागेमा तुरुन्तै बैंकमा खबर गर्न अनुुरोध गरिन्छ’, बैंकद्वारा जारी सूचना भनिएको छ । डिजिटल भुक्तानीको माध्यमबाट ठगी गर्न खोजेको गुनासो बैंकलाई प्राप्त भएपछी बैंकले यस्तो सूचना जारी गरेको हो ।
बैंकको सूचनामा अगाडी भनिएको छ, ‘फेसबुक भाइबर लगायतका समाजिक संजालमार्फत् गोप्य विवरण माग्ने काम भइरहेको गुनासो आएको छ । बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बरलगायतका गोप्य विवरण मागेमा नदिनु सबै ग्राहकलाई सुचित गरिन्छ ।