३० अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । केन्द्रीय बैंकले रिपोमार्फत १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई तरलता सापटी दिने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । तरलताका लागि भने वित्तीय संस्थाहरूले न्यूनतम १० करोड देखि ५ करोड भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।