अनुमतिबिनाको सेवामा बैंकले शुल्क लिन नपाउने

काठमाडौं-  ग्राहकको अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिएको भएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष सुनासो दर्ता गर्न सक्नेछन् ।