जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

काठमाडौं-जन उत्थान सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०ः७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५:७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७९ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।