काठमाडौंको एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, बैंक शाखा अनिश्चितकालका बन्द

काठमाडौं – महालक्ष्मी विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकको पुतलीसडकस्थिति कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएपछि बैंकको शाखा बन्द गरिएको छ । बैंकले सूचना टाँस गरेर शाखा अनिश्चित कालका लागि बन्द गरेको हो ।
बैंकले जिल्ला प्रशासन कार्यलयको निर्देशन अनुसार शाखा बन्द गरेको जनाएको छ । ‘हाम्रो बैंकमा कार्यरत एक जना कर्मचारीका कोरोना संक्रमण पुष्टि भएको र अन्यको स्वाव परिक्षणका लागि पठाइएको छ ।’ बैंकद्धारा जारी सूचनामा भनिएको छ, ‘साथै जिल्ला प्रशासन कार्यलयको निर्देशन बमोजिम बैंकको शाखा बन्द गरिएको छ ।’ पायल तस्वीर