नेपाल राष्ट्र बैंकले २० रुपैयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई दिइयो जिम्मा

काठमाडौ – नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान बैंक नोट छाप्ने जिम्मा चिनियाँ सरकारी कम्पनीलाई दिएको छ । चीन सरकारको स्वामित्व रहेकोचाईना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनु लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो ।

राष्ट्र बैंकले आइतबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । २० रुपैयाँ दरका ३१ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम सोहि चिनियाँ कम्पनीले नै गर्नेछ ।