निर्धन उत्थानको लाभांश घोषणा

काठमाडौं – निर्धन उत्थान लघुवित्तको लाभांश माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै पाउने भएका छन् । फागुन १ गते जनयुद्ध दिवस परेका कारण सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।
लघुवित्तले १९ प्रतिशत बोनस शेयर वितरणका लागि फागुन २ गतेदेखि फागुन १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो ।जसकारण आज शेयरमार्केट बन्द रहने भएका कारण माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै संस्थाको प्रस्तावित लाभांश पाउनेछन् ।
संस्थाले २४औं साधारण सभा फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि बस्नेगरी डाकेको छ ।
सो सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरीकुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।