भाटभटेनी जानु भएको थियो ? कर्मचारीमा भयो कोरोना पुष्टी, ग्राहकको पनि कन्ट्याक्ट ट्रेसिङ हुँदै

काठमाडौँ – भाटभटेनी सुपर मार्केटका कर्मचारीमा कोराना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित भाटभटेनीको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

सरकारले पछिल्लो समय भाटभटेनी, बिग मार्टलगायत बढि भिडभाड हुने ठाउँबाट नमूनाको रुपमा कोरोना परिक्षण गर्ने क्रममा भाटभटेनीका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना पुष्टी भएपछी किनमेल गर्ने ग्राहकको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । यदी तपाईँ पनि भाटभटेनीका किनमेलका लागि जानु भएको थियो भने सम्बन्धित निकायमा सम्पर्क गर्नुहोला ।