आज शेयर कारोबार बन्द, बैंकिङ सेवा सुचारु

काठमाडौं- सरकारले आज फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेसँगै आज शेयर कारोबार बन्द रहने भएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध दिवसको अवसरमा आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

आज अत्यावश्यक बैंकिङ सेवा भने सुचारु रहने छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ ।