युनिलिभरको नाफा ७७ प्रतिशतले बढ्यो

काठमाडौं – युनिलिभर नेपालको बिक्री आम्दानीमा भएको वृद्धि तथा कच्चा पदार्थको लागत बाहेक अन्य खर्च व्यवस्थापन गर्दा नाफा उल्लेख्य बढेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चालु आर्थिक वर्ष २०७९/ ८० को दोस्रो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म ३१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७/४२ प्रतिशतले बढेको हो ।