कालोसूचीमा परेको व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परेरनपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ । सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।’