दोल्ती पावर कम्पनीको पहिलो चरणको आईपिओ फागुन ८ देखि

दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन ८ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र साविकका नौमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर र यस बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर निष्काशन हुनेछ ।
त्यस्तै १ लाख ७ हजार २ सय ९८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।