चन्द्र ढकाललाई लक्षित गर्दै निर्देशन नं. ६ को बुदा बुदा (१) खण्ड (३) संशोधन

काठमाडौँ – ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाललाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन २०७८’ को एउटा बुँदा संशोधन गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क, ख र ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन,२०७८ मा संशोधनरपरिमार्जनरथप गर्दै जारी गरिएको निर्देशनको बुँदा नम्बर ५० मा चन्द्र ढकाललाई लक्षित गर्दै संशोधन गरिएको पाइएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनमा एकीकृत निर्देशनको निर्देशन नम्बर ६ को बुँदा ९१० को खण्ड ९३० लाई संशोधन गरेको छ । उक्त खण्डमा ‘ इजाजतपत्र प्राप्त, अनुमतिप्राप्त, स्वीकृतिप्राप्त संस्थाहरु’ भन्ने शब्द थप गरिएको छ । यसअघि ‘इजाजतपत्र प्राप्त संस्थाहरु’ मात्र थियो ।
बैंकले एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने व्यवस्थालाई थप व्याख्या गरेको हो । ‘एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकैपटक अर्को इजाजतपत्रप्राप्तरअनुमतिप्राप्तरस्वीकृतिप्राप्त संस्था लगायत सहकारी ऐन, २०४८ अन्तर्गत संचालित बचत तथा ऋण सहकारी संस्था तथा बीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्था समेतको सञ्चालक, सल्लाहकार वा कुनै पनि पदमा रहन पाइने छैन ।’, संशोधित बुदामा भनिएको छ ।
यो व्यवस्थाले ढकाल ग्लोबल आईएमई बैंक वा रेमिट्यान्स कम्पनी आईएमई लिमिटेड मध्ये कुनै एउटा संस्थाको संचालक समिति सदस्यमा मात्र बस्न पाउने भएका छन् । उनी मात्र होइन आईएमईका प्रबन्ध निर्देशक हेमराज ढकाल समेत आईएमई वा आईएमई पे मध्ये एउटा संस्थाको मात्र संचालक समितिमा रहन पाउनेछन् । उनीहरु दुबै जनाले कुनै एक संस्थाबाट राजीनामा दिन पर्ने छ ।
आईएमई नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त संस्था हो भने ग्लोबल आईएमई बैंक इजाजतपत्र प्राप्त संस्था हो । हेमराज ढकाल अध्यक्ष रहेको मोवाइल वालेट कम्पनी ‘आईएमई पे’ इजाजतपत्र प्राप्त संस्था हो । ढकाल आईएमईको प्रबन्ध निर्देशकको रुपमा कार्यरत छन् ।
यस अघि मोटिभेट न्यूज डटकमले ‘चन्द्र ढकाल ग्लोबल आईएमई बैंकको अवैध अध्यक्ष, राष्ट्र बैंकले गर्न सक्ला त कारवाही रु’, शिर्षकमा समाचार लेखेको थियो । उक्त समाचारपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्ने प्रतिवद्धता जनाएको थियो ।