गुगलले ल्यायो नयाँ योजना

काठमाडौँ  – २ महिना अगाडी ओपन एआईले सार्वजनिक गरेको एआई टुल च्याट जीपीटी २ महिनाको अवधिमा सबैभन्दा छिटो १० करोड प्रयोगकर्ता भित्र्याउने वेबसाईट बन्यो। प्रयोगकर्ताका जिज्ञासालाई व्यक्तिले जस्तै उत्तर दिन सक्ने क्षमता भएको कारण च्याट जीपीटी धेरैको आकर्षण बन्यो।

एआई टुल च्याट जीपीटीमा नै आधारित रहेर दुई महिनाको अवधिमानै अन्य धेरै एआई टुल विकशित भए, २०२१ सम्मको सीमित जानकारी सहितको च्याट जीपीटीले २ महिनाको अवधिमा एआईमा छुट्टै रूपान्तरण देखियो। वर्षौ देखी सुरुवात नभएका प्रयास छोटो समयमै हुन थालेको छ ।

गुगलले आजबाट एआई प्रविधिमा आधारित एआई च्याटबट बार्ड ‘Bard’’ को घोषणा गरेको छ। केही दिन अगाडि ओपन एआईले बनाएको च्याट जीपीटीमा माइक्रोसफ्टले १० अर्ब अमेरिकी डलर लगानी गरको थियो, माइक्रोसफ्टको सर्च इन्जिन अब आईमा आधारित च्याट जीपीटी सँगको सहकार्यमा नयाँ स्वरुपमा आउने बुझिन्छ। माइक्रोसफ्टमा ओपन एआईमा लगानी गरेसँगै गुगलले ‘Bard’’ सार्वजनिक गर्न लागेको हो।

सर्च इन्जिनमा सर्च गर्दा खोजेको जानकारीको कुनै स्रोतमा लिंक मात्र उपलब्ध रहँदा प्रयोगकर्तालाई खोजेको विषयमा जानकारी लिन सर्च इन्जिनमा उपलब्ध जानकारी मध्यबाट खोजेको विषय छुट्टयाउनु पथ्र्यो, जुन समयको हिसाबले ढिला र खोजेको विषय लामो प्रकाशित लेखका बीच कुन भन्ने पत्ता लगाउन ग्रहो हुने थियो

। सर्च इन्जिन अप्टीमाइजेशनले प्रयोगकर्ताले खोजेको विषय सही सल्लाह दिने भएता पनि प्रयोगकर्ताको लागि च्याट जिपिटीमा देखिएको उत्तर सहज हुँदा त्यसमा आकर्षित हुन पुगे। च्याट जिपिटीले जिज्ञासाको उत्तर मानव प्रतिक्रिया जस्तै दिने गर्दछ।

२ महिनाको अवधिमा १० करोड फरक प्रयोगकर्ता र दैनिक ३ करोड प्रयोगकर्ताले च्याट जिपिटीको वेबसाइट अजबत।यउभलबष्।अयm प्रयोग गरेका छन्। एआई टुल च्याट जिपिटीमा सुरुवातमा देखिएको यो प्रयोगकर्ताको उत्साहको कारण कतिपयले गुगल, माइक्रोसफ्टको प्रतिद्वन्दीको रूपमा स्थापित हुने अपेक्षा गरेका थिए। छोटो अवधिमा च्याट जिपिटीको बढ्दो प्रयोगले प्राविधिका दुई ठूला कम्पनी गुगल र माइक्रोसफ्टलाई धक्का पुगेको थियो, सामान्य रूपमा देखिएको सर्च इन्जिनको विकल्पको बहसले फरक रूप लिने देखिन्थ्यो।

विभिन्न रिपोर्टका अनुसार माइक्रोसफ्टले ओपन एआईमा ४९५ सेयरको लागि १० बिलियन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको हो। ओपन एआई नाफामुलक नभएको समयसम्म माइक्रोसफ्टले नाफाको ७५५ हिस्सा लिने छ भने माइक्रोसफ्टसँग ओपन एआईको ४९५ सेयर हिस्सा रहने छ। माइक्रोसफ्टले ओपन एआईमा २९ बिलियन डलरको अपेक्षित भ्यालुमा लगानी गरेको थियो।

गुगलको एआई टुल Bard LaMDA आधारित छ।LaMDA’ Language Model For Dialogue Application System को छोटो रूप हो जसलाई वर्षौ देखी तयार पारिदै आएको थियो। गूगलले सार्वजनिक गरेको एआई टुलले वेबमा रहेको विवरण सम्पादन गरी ताजा र अपटू(डेट जानकारी प्रदान गर्न सक्षम रहने उल्लेख गरिएको छ। गुगलले सार्वजनिक गर्न लागेको टुल, च्याट जिपिटी भन्दा अब्बल रहन सक्ने आँकलन गरिएको छ।

गुगलको एआई टुल द्यबचम ले अफ्ट्यारा र कम्प्लेक्स विषय बच्चाले समेत बुझ्न सक्ने गरी तयार हुन लागेको रिपोर्टमा उल्लेख गरिएको छ। ओपन एआईले निर्माण गरेको च्याट जीपीटी कविता, एस्से, जिज्ञाशा को सहज उत्तर तथा प्रोग्रामिङका कोड समाधान गर्न सक्ने क्षमताका कारण चर्चामा आएको थियो।