चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ६ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०७९र८० को पहिलो ६ महिनामा ५ खर्ब ८४ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक २०७८र७९ वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशतले बढी हो।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो।

समिक्षा अवधिमा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ। त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ।