सगरमाथा इन्स्योरेन्सको साधारणसभा आह्वान

काठमाडौं- सगरमाथा इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । काठमाडौँको लैनचौरस्थित रहेको कम्पनीले फागुन ११ गते ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।सभामा लाभांश वितरण, मर्जर प्रस्ताव सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १२.४० प्रतिशत बोनस शेयर र ०.६५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले संस्थापक समुहको २० प्रतिशत शेयरलाई क्रमश सर्बसाधारण समुहमा परिणत गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने छ ।