अब एनसेलको आइपिओ आउने, बन्यो पब्लिक कम्पनी

काठमाडौं – एनसेल प्रा.लि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । नेपालको कम्पनी ऐेन २०६३ अनु्सार एनसेल पव्लिक लिमिटेडमा कम्पनीका परिणत भएको हो ।

एनसेल अक्जियाटा लिमिटेडको नाम अब एनसेलले आइपिओ जारी गर्ने भएको छ । विदेशी कम्पनी अक्जियाटाको ८० प्रतिशत लगानी भएको उक्त कम्पनीका नेपालका भावना सिंह श्रेष्ठको २० प्रतिशत लगानी रहेको छ ।

नेपालको सबैभन्दा बढि कर तिर्ने कम्पनीका रुपमा स्थापित एनसेलले अव आइपिओ निष्काशनका लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिने छ ।