सेयर बजारमा भारी गिरावट

काठमाडौं-साता कारोबारको अन्तिम दिन शेयरबजारमा २२ अंकको गिरावट आएको छ ।

अघिल्लो दिन सामान्य अंकको सुधार देखिएको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।

नेप्से सूचक आज २२.१२ अंकले घटेर २०९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ वटै इन्डेक्स आज राताम्य रहेका छन् । सर्वाधिक जीवन बीमा इन्डेक्स २.१७ प्रतिशतले घट्न पुगेको छ ।