चार दिनपछि सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं- पछिल्लो समय लगातार घटेको सेयर बजार सामान्य बढेको छ । आज बुधबार सेयर बजार परिसूचक नेप्से चार दशमलव ९७  बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ।

माइक्रो फाइनान्स र म्युचयल फन्डबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ।
दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन्। बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ।

धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।