आइपिओ निस्काशनको तयारीमा रहेको रिलायन्स लाइफ इन्सुरेन्सको खुद नाफा बढ्यो

काठमाडौं – आइपिओ निस्काशनको तयारीमा रहेको रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्ममा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४८.४५ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ले १ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । इन्स्योरेन्सको यो बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.२३ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

असार मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेको छ। इन्स्योरेन्सले ६३ लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ। इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब १४ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले २ अर्ब २४ करोड १३ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरिसकेको छ भने गत आवमा मात्रै १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

इन्स्योरेन्सले असार मसान्तसम्ममा (गत वर्ष) ३७ दाबी बापत ७ करोड ३८ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ।