सिनर्जी पावर कम्पनीको विशेष साधारणसभा आह्वान

सिनर्जी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि जारी पुँजी वृद्धि गर्नको लागि विशेष साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले फागुन ४ गते बिहिबार आफ्नै कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको हो । विशेष साधारणसभामा जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्रको दफा ६ को ख संशोधन गर्ने, प्रस्तावित संशोधनमा नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन् ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउने छन् ।
कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले आर्थिक वर्ष ७७र७८ को १० प्रतिशत बोनस वितरणपछि कायम भएको चुक्ता पूँजी ८०,६५,७५,००० को ५० प्रतिशत ४०,३२,८७,५०० कित्ता शेयर निस्काशन गर्न लागेको हो। कम्पनीको हकप्रदलाइ विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीलाई हकप्रद बिक्रिको बाटो खुल्ने छ । कम्पनीले यस अघि नै हकप्रद शेयर निस्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ।