माछापुच्छ्रे बैंकले ल्यायो गजबको अफर

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले यो सुविधा बैंकका ग्राहकका लागी २०७९ फागुन १५ गते सम्म मात्र कायम रहने कुरा बताएको छ । बैंकले आफ्ना डेबिटरक्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको पनि बतायो ।

बैंकले देशभर डिजिटल कारोबारलाई बढावा दिन विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको र बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले ०% EMI भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्ने कुरा पनि जानकारी दिएको छ ।