नेकपा एसद्वारा नोटबन्दी गर्न सरकारलाई सुझाब

काठमाडौं- नेकपा एकीकृत समाजवादीले नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब सरकारलाई दिएको छ । पार्टीले देशको आर्थिक संकट समाधान गर्न भन्दै सरकारलाई २० बुँदे ज्ञापन पत्र बुझाउदै यस्तो सुझाव दिएको हो।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्डलाई बुझाएको ज्ञापन पत्रमा अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यलाई तत्काल लागू गर्न सरकारलाई भनिएको छ ।

गत ४ चैतमा भएको नागरिक लगानी कोष्को ३२औं वार्षिकोत्सव समारोहमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पैसा कता हरायो भनेर खोजिरहेको र सिरानीमुनि रहेको पैसा बैंकिङ प्रणालीमा ल्याउन आफूले काम गर्ने बताएका थिए । अहिले नेकपा एकीकृत समाजवादीले नोटबन्दी गरेर अनौपचारीक क्षेत्रमा रहेको पैसा अर्थतन्त्रको प्रणालीमा ल्याउन सुझाव दिएको छ ।