८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘झ’ सार्वजनिक गर्ने भएको हो ।
सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त दिन भनेको छ । सूचना अनुसार ऋणपत्रको बोलकबोल मंगलबार दिउँसो ३ बजे हुनेछ भने निष्काशन बुधबार हुनेछ ।
कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ६ अर्ब ८० करोड रुपैयाँ आपसी प्रतिशपर्धामा र १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिनेछ । सहभागिले दुबै प्रणालीबाट आवेदन दिन सक्नेछन् ।