नेप्सेले गर्यो ३ इन्स्योरेन्सको कारोबार फुकुवा, मंगलबारबाट कारोबारमा आउने

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज नेप्से० ले थप ३ कम्पनीको कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार फुकुवा गरेको हो ।

नेप्सेले यी ३ वटै कम्पनीको आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ुधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । यो सँगै अब भोलि मंगलबारबाट दोश्रो बजारमा तीन वटै कम्पनीको कारोबार सुरू हुनेछ ।