उपकार लघुवित्तले ६१ प्रतिशत बोनस सेयर दिने

 

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ६ करोड ५६लाख २५ हजार रुपैयाँको ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।